AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ अपराह्‌न ४ बजे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ फाल्गुन २०७४, बिहीबार १३:२२
3
Shares
फाइल तस्वीर
काठमाडौं, ३ फागुन / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा ओलीलाई नियुक्त गरेकी छिन् । आलीलाई प्रधामन्त्री नियुक्त एमाले र माओवादी केन्द्रले बिहीबार नै राष्ट्रपति भण्डारी समक्ष समर्थनको पत्र बुझाएका थिए ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ’आज मिति २०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्युबाट नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका माननीय सदस्य श्री केपी शर्मा ओलाीलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’

नवनियुक्त प्रधानमन्त्री ओलीले आज दिउँसो ४ बजे सपथ लिनेछन् । सपथ ग्रहण समारोेह शीतल निवासमा हुनेछ । प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १ सय २१ र माओवादीका ५३ गरी १ सय ६४ सांसद रहेका छन् । ओलीले आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर