AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर आठ स्कूल क्वाटरफाइनलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ फाल्गुन २०७४, बुधबार १८:३४
3
Shares
जेम्सविरुद्ध सट हाल्दै मोर्डन एराका खेलाडि। तस्वीर पुष्पराज थपलिया
विराटनगर, २ फागुन / विराटनगरमा जारी प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबल प्रतियोगिता विराटनरका आठ वटा स्कूल विजयी भइ क्वाटरफाइलनमा प्रवेश गरेका छन् ।

विराटनगरमा आज भएको खेलमा मोर्डन एरा, बिकेभिएमले समान ९/९ अंक, सगरमाथाले ८, कान्तिपुर, लर्डबुद्धले समान ७/७ र जेम्स, अरनीको र ग्रेडेड स्कूलले समान ६÷६ अंक जोडेर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मोरङ विद्यालय भलिबल कमिशन र मोरङ भलिबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पहिलो खेलमा राईजिङलाई बिकेभिएमलले २५–२८ र २५–१४ को सोझो सेटले पराजित गरी बिकेभिएम क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोही दिन भएको दोस्रो खेलमा आइडललाई ग्रेडेडले २५–७ र २५–१४ को सोझो सेटले पराजित ग¥यो । त्यस्तै तेस्रो खेलमा लर्डबुद्धलाई सगरमाथाले १८–२५, २५–२३ र २५–८ को सेटले सगरमाथाले जित्यो । त्यसैगरी चौथो खेलमा कान्तिपुरले आइडललाई २५–१५ र २५–१४ को सोझो सेटले पराजित ग¥यो । पाँचौ खेलमा ब्राइट एन्जलले मालाविकालाई २५–२३ र २५–१९ सेटले हरायो । छैठो खेलमा मोर्डन एराले जेम्सलाई २५–१२ र २५–१६ को सोझो सेटले जित्यो ।

त्यसैगरी सातौ खेलमा ब्राइट एन्जललाई लर्डबुद्धले १०–२५, २९–२७ र १०–२५ को सोझो सेटले पराजित ग¥यो ।

प्रतियोगिताको दोस्रो खेलहरु शुक्रबारदेखि हुने कार्यक्रम संयोजक इन्द्र राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर