खबर पूर्वाञ्चल
संविधानको धारा १६८ को उपधारा १ प्रावधान अनुरुम राईलाई आज मुख्यमन्त्रीमा नियुक्त गरीएको हो ।
मुख्यमन्त्रीमा नियुक्त गरिएको पत्र प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले राईलाई हस्तारण गरेका थिए । पत्र हस्तान्तरण गर्दै प्रदेश प्रमुख तुम्बाहाङले राईलाई सफलताको शुभकामना दिए । मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम भने बिहीबार दिउँसो ३ बजे स्थानिय वीरेन्द्र सभा गृहको हलमा तोकिएको छ ।
मुख्यमन्त्रीको नियुक्त गरिएको पत्र बुझेपछि राईले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिए । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘सानोमा तीन वा ठुलोमा पाँच जनाको मन्त्रीमण्डल विस्तार हुनेछ ।’ बिहीबार विस्तार हुने मन्त्रीपरिषदमा माओवादीबाट समेत मन्त्रीहरु समावेश हुने उनले बताए ।