AArya
RUMPUM
animated ellipse animated ellipse

नामिबियाले केन्यालाई हराउँदा नेपाललाई क्यानडामाथि जित्नै पर्ने दबाब

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ फाल्गुन २०७४, मंगलवार २०:५३
3
Shares
विराटनगर, १ माघ / आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तरगत बुधबार नेपालले समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको क्यानाडाको सामना गर्नेछ । विश्वकप छनोट खेल्न नेपाललाई क्यानाडाविरुद्धको खेल जिर्नै पर्ने दबाव रहेको छ ।

आज आयोजक नामिबियाले केन्यामाथि ८ विकेटको जित हात पारे पछी नेपाललाई खेल जित्नै पर्ने दबाब रहेको हो । यससँगै नेट रनरेटमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

केन्याले दिएको १ सय ११ रनको लक्ष्य नामिबियाले १६ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो ।अब अन्तिम दिन हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।

पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग अप्रत्यासितरुमा हार व्यहोर्न पुग्यो । तेस्रो खेलमा यूएईलाई हराएपछि विश्पकप छनोटको सम्भावना कायमै राखेको थियो तर, क्यानडालाई हराउनु अनिवार्य भएको छ ।

अहिले अंंक तालिकाको शीर्ष तीन टिमको समान ६–६ अंक छ भने यूएईको चार अंक छ ।

बुधबार नेपालले क्यानडासँग खेल्दा घरेलु टोलीले नामिबियाले यूएईको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझैं फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ ।

हारले भने नेपालको विश्वकप छनोटमा खेल खेल्ने सपना अधुरै रहनेछ । एउटा अवस्थामा मात्र नेट रनरेट हेर्नु पर्ने हुन्छ ।

यदि नेपाल क्यानडासँग हारियो र यूएईले नामिबियाले हरायो भने तीन टोलीको समान ६–६ अंक हुनेछ र नेट रन रेटका आधारमा नेपाल, नामिबिया र यूएई मध्ये एक टिमले फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का बनाउँनेछ ।

तर, तीन वटै खेलमा नेपालले झिनो अन्तरले जितेको कारणले रनरेट सबैभन्दा कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर