AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को प्रदेशसभा सभामुखमा भण्डारी सर्बसम्मत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०७४, आईतवार १८:०१
3
Shares
विराटनगर, २८ माघ / प्रदेश नम्बर १ को प्रदेशसभा सभामुखमा प्रदिपकुमार भण्डारी सर्बसम्मत भएका छन् । आज प्रदेशसभामुखको उम्मेदवारी मनोनयन दर्ताका क्रममा नेकपा एमालेको तर्फबाट भण्डारीको मात्र उम्मेदवारी परेपछि उनी सर्बस्म्मत हुने भएका हुन् ।

भण्डारी प्रदेशसभामुख भएको निर्णय सोमवारको प्रदेशसभा बैठकले गर्ने छ । निर्वाचन कार्यतालिका अनुसार सभामुखकालागि आइतवार मनोनयन दर्ता र सोमवार सभामुखकालागि निर्वाचन हुने छ ।

आइतवार बसेको एमालेको संसदिय दलको बैठकले भण्डारीलाई प्रदेशसभामुखको उम्मेदवार बनाएको थियो । उनका विरुद्ध कसैैको उम्मेदवारी परेको छैन् ।
सुनसरी १ क बाट निर्वाचित प्रदेश सांसद भण्डारी एमालेमा माधप नेपाल गुटका मानिन्छन् । प्रदेश मुख्यमन्त्रीमा केपी शर्मा ओली निकट शेरधन राईले जितेपछि सभामुखमा नेपाल पक्षका भण्डारी निर्विरोध भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर