AArya
RUMPUM
animated ellipse animated ellipse

दक्षिण कोरियाका राष्ट्रपति मुनलाई बहिनीमार्फत किमले पठाए निम्तो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ माघ २०७४, शनिबार २१:४४
3
Shares
दक्षिण कोरिया /उत्तर कोरियाली नेता किम जोङ उनले शनिबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनलाई प्योङयाङ सम्मेलनमा सहभागी हुन निम्ता दिएका छन्।

दक्षिण कोरियाको भ्रमणमा रहेकी किम जोङ उनकी बहिनी एवं उत्तरकोरियाली तेतृ किम यो जोङले उत्तर कोरियाली सर्वोच्च नेता किमले राष्ट्रपति मुनलाई ‘सकेसम्म छिटो’ प्योङयाङमा जान निम्ता लिएर आएको दक्षीण कोरियाको राष्ट्रपति कार्यालयका प्रवक्ताले जनाएका छन्। प्योङयाङमा छिट्टै हुन लागेको अन्तर कोरियाली शिखर सम्मेलन तेस्रो हो। यसअघि किमका पिता तथा तत्कालिन नेता किम जोङ द्वित्तीयले सन् २००० मा तत्कालिन दक्षिण कोरियाली राष्ट्रपति किम दाई–जुङ र सन् २००७ मा रो मु ह्युनलाई प्योङयाङमा नै भेटेका थिए। निम्तालाई राष्ट्रपति मुनले तत्कालै स्वीकार गरेका छैनन्।

उत्तरको निम्तालाई दक्षिणले लामो समयदेखि सैन्य सहयोग दिँदै आएको अमेरिकाको राय नबुझिकन स्वीकार्नेस्थिति नै छैन। गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा नेता किमबीच चेतावनीपूर्ण तथा एक आपसमा अनादर झल्काउने खालका श्रृङ्खलावद्ध भनाईहरू आएका थिए। शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि हाल दक्षिण कोरियामा रहेको उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपतिसँग भेट गरेको छ।

उक्त प्रतिनिधिमण्डलको नेतामा उत्तर कोरियाको संसदका प्रमुख तथा आलंकारिक राष्ट्रपति समेत मानिने किम योङ नाम तथा नेता किम जोङ उनकी बहिनी किम यो जोङ रहेका छन्। यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण हो। उनीहरु दुई जना सहितको चार सदस्यीय प्रतिनिधिमण्डल शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको कार्यालयमा ब्लु हाउसमा पुगेका थिए। उक्त प्रतिनिधिमण्डल दक्षिण कोरियामा हिजोबाट सुरु भएको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन सत्रमा सहभागिताका लागि शुक्रबार दक्षिण कोरियाको राजधानी सोल पुगेको हो।

भ्रमण तथा दक्षिण कोरियाका राष्ट्रपतिसमक्ष भएको यस भेटघाटलाई दुई कोरियाको इतिहासमा एक महत्वपूर्ण घटनाका रुपमा लिइएको बताइएको यहाँका स्थानीय तथा राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुले जनाएका छन्। सन् २००९ पछि उत्तर कोरियाको तर्फबाट यो स्तरका प्रतिनिधि दक्षिण कोरिया पुगेका पहिलो भएको समाचारमा जनाइएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर