खबर पूर्वाञ्चल
संसदीय दलको नेताका मुख्य आकांक्षीहरू एमाले केन्द्रीय कमिटीका सचिव एवं पूर्वपर्यटन मन्त्री भीम आचार्य र पोलिटब्यूरो सदस्य एवं पूर्वसञ्चार मन्त्री शेरधन राई चुनावबाटै टुंगो लगाउने तहमा पुगेका छन् । आचार्य एमालेभित्र माधवकुमार नेपाल र राई अध्यक्ष केपी शर्मा ओली गुटको प्रतिनिधित्व गर्दछन् । इच्छ्याएकालाई संसदीय दलको नेता बनाउन ‘ब्याकअप’ मा देखिएका दुबै गुटका प्रभावशाली नेताहरू पनि अदृष्य रुपमा भूमिका खेलिरहेका छन् । उनीहरू बाहिर–बाहिर सहमतिमै संसदीय दलको नेता चयन हुने बताउँदै भित्री रुपमा एकअर्कालाई पछारेरै छाड्ने योजनामा देखिन्छन् ।
एमालेमा पार्टी र संसदको केन्द्रीय तहमा ठाउँ बनाइसकेका नेताहरू संघीयताको कार्यान्वयनपछि सिर्जना भएको अवसरलाई उपयोग गर्न चलाखीपूर्ण रुपमा पुनः जिल्ला फर्किका छन् । १ नम्बर प्रदेशको संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने योजनाका साथ एमालेभित्रका दुबै गुटबाट नेताहरू सकृय छन् ।
यता संसदीय दलको नेतामा आफ्नै गुटभित्र बागी उम्मेदवारी घोषणा गरेका जीवन घिमिरेले मैदान नछाडेको दाबी गरेका छन् । आपूm सहमतिको बाधक नभएको तर चुनाव हुने अवस्थामा आफ्नो उम्मेदवारी कायमै रहने उनले बताए । केन्द्रीय नेतृत्वले सहमतिका लागि प्रयास गरिरहेको आपूmलाई जानकारी आएको तर चुनाव हुने अवस्थामा भने मैदान नछाड्ने घिमिरेले जानकारी दिए ।
उद्घोष दैनिकमा खबर छ ।