AArya
RUMPUM
animated ellipse animated ellipse

सभामुखको निर्वाचन माघ २९ गते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० माघ २०७४, शनिबार १८:५८
3
Shares
विराटनगर, २० माघ । प्रदेश संसदको सभामुखको निर्वाचन माघ २९ गते हुने भएको छ । आज प्रदेश संसद सचिबालयको संयोजनमा बसेको प्रदेश संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठकले सभामुखको निर्वाचन माघ २९ गते र उपसभामुखको निर्वाचन फागुन ३ गते गर्ने निर्णय गरेको हो ।

प्रदेश संसदका जेष्ठ सदस्य ओमप्रकास सरावगीको अध्यक्षतामा बसेको बैठकले सभामुखको निर्वाचन मिति तोक्नेसहितका संसद अधिवेशनको पहिलो बैठकका कार्यसुची टुंगो लगाएको प्रदेश बैठक सञ्चालनको लागि खटिएका संघीय संसद सचिबालयका उपसचिब सहजीत राईले जानकारी दिनुभयो । सभामुखको निर्वाचनको लागि माघ २८ गते र उपसभामुखको निर्वाचनको लागि फागुन २ गते मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ ।

बैठकले पहिलो बैठकमा संसद अधिवेशन आह्वानको प्रमुखको पत्र बाचन गर्ने, प्रदेशसभा सञ्चालनको अन्तरिम कार्यबिधि पास गर्ने, सभामुख र उपसभामुखको निर्वाचनको मिति तोक्ने, बैठकको अध्यक्षता गर्ने अध्यक्षमण्डल तोक्ने र दलका प्रतिनिधिहरुले सम्बोधन गर्ने कार्यसूची रहने निर्णय गरेको छ । पहिलो बैठकमा १ स्वतन्त्रसहित ७ जनाले सम्बोधन गर्ने पनि निश्चित भएको छ ।

पहिलो बैठकमा नेकपा एमालेबाट भीम आचार्य, नेपाली काँग्रेसबाट केदार कार्की, नेकपा माओवादी केन्द्रबाट इन्द्र आङ्बो, संघीय समाजवादी फोरमबाट जयराम यादवले सम्बोधन गर्नेछन् । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे, राप्रपाका इन्दीरा राई र स्वतन्त्र नारायणबहादुर मगरले पनि बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर