AArya
RUMPUM
animated ellipse animated ellipse

भारतलाई यू–१९ विश्वकप क्रिकेटको उपाधि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० माघ २०७४, शनिबार १४:३७
3
Shares
विराटनगर, २० माघ / भारतले न्युजिल्याण्डमा जारी यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतले आज भएको फाइनल खेलमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गदै चौथो पल्ट उपाधि जितेको छ भने अष्ट्रेलियाले तीन पटक जितेको छ । भारतले यसअघि सन २०००, २००८ र २०१२ मा उपाधि जितेको छ ।

उपाधिका लागि अष्टे्रलियाले दिएको २ सय १७ रनको लक्ष्य भारतले मनजोत कालराको शतकको अविजित १ सय १ रनको मदतमा ३८ दशमलब ५बलमा २ विकेट गुमाएर पार गरेको छ । भारतका लागि मनजोत बाहेक हार्भिक देसाइले अविजित ४७ रन, शुभम गिलले ३१ रन र कप्तान पृथ्वी शाह २९ रनको पारी खेलेका थिए । अष्ट्रेलियाका उप्पल र सुथरल्याण्डले १–१ विकेट लिए ।

यसअघि न्यूजिल्याण्डको बे ओभरमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाको ४७ ओभर २ बलमा सवै विकेट गुमाई २ सय १६ रनको सामान्य योगफल तयार पारेको थियो । अष्ट्रलियाका जोनाथन मार्लोले ७६ रन, उप्पलले ३४ रन, एडवार्डले २८ रन र । म्याकस्विनीले २३ रनको योगदान दिएका थिए । भारतका इशान पोरेल, शिवा सिंह, कमदेश नगरकोटी र आनुकूल रायले समान २–२ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर