AArya
RUMPUM
animated ellipse animated ellipse

यौनधन्दा चलाउनेहरुसँग प्रहरी निरीक्षक थापा रकम असुल्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ माघ २०७४, शुक्रबार १९:४८
3
Shares
फाइल तस्वीर
उर्लाबारी, १९ माघ / इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा खुलेआम कमाउ धन्दामा लागेका छन् । उर्लाबारीका होटल, अवैध चुरे उत्खनन्, मेला महोत्सवलगायतबाट प्रहरी निरीक्षक थापाले मोटो रकम असुल्ने गरेको पाइएको छ ।

केही दिनअघि मात्र घर निर्माणका लागि भनेर तयारी अवस्थाको झ्याल र चौकट नियन्त्रणमा लिई प्रहरी निरीक्षक थापाले आफ्ना घुमुवा राजु श्रेष्ठमार्पmत रकम बार्गेनिङ गरेका छन् । माघ १४ गत दमक निवासी अमित थापाले आफ्नो घर निर्माणका लागि भ्mयाल उर्लाबारीमा निर्माण गरी ठेला मार्पmत दमक लैजाने क्रममा घुमुवा प्रहरी राजु श्रेष्ठले नियन्त्रणमा लिएका थिए । प्राप्त सूचना अनुसार प्रहरीले विहीबारसम्म अमितसँग रकमको बार्गेनिङ गरेको थियो । अमितले रकम दिन नमानेपछि ५ दिनपछि शुक्रबार विहान मात्र सेक्टर वन कार्यालय मंगलबारेलाई ठेलासहित चौकट बुझाएको छ । ‘वेवारिसे अवस्थामा ठेलासहित चौकट फेलापरेको’ प्रहरीले वनलाई बुझाएको पत्रमा उल्लेख छ ।

यस्तै, प्रहरी निरीक्षक थापाले घुमुवा राजु श्रेष्ठ मार्पmत उर्लाबारीका विभिन्न घन्टे लजहरूबाट हप्ता बुझ्ने गरेको स्रोतले बतायो । उर्लाबारी नगर क्षेत्रमा आधा दर्जनभन्दा बढी होटलहरुमा यौनकर्मी राखेर यौनधन्दा चलाउनेहरुसँग रकम बुभ्mदै आएका छन् ।

यस्तै, केही महिनाअघि नमूना बाल गृहले आयोजना गरेको एक महिने मेलामा ठेकेदारबाट निरीक्षक थापाले हप्ताको २५ हजारको दरले नगद असुलेका थिए । यसैबीच, अवैध रुपमा चुरे क्षेत्र तथा आवधि क्षेत्रहरुबाट हुने उत्खनन्मा निरीक्षक थापाले ढुंगागिट्टी तथा बलुवा व्यवसायीहरुबाट रकम असुल्ने गरेको स्रोतले बतायो । अवैध रुपमा हुने उत्खनन् रोक्नका लागि निरीक्षक थापा ‘कानमा तेल हालेर बसेपछि’ उर्लाबारी नगरपालिकाले विहीबार र शुक्रबार नगर प्रहरी लगाएर ट्याक्टर नियन्त्रणमा लिएको छ । निरीक्षक थापा निकट इलाका प्रहरी कार्यालय उर्लाबारीकै एक प्रहरी अधिकारीका अनुसार सरुवा हुन लागेकोले थापा अवैधानिक कामलाई प्रश्रय दिदै कमाउ धन्दामा लागेका छन् ।

गत दसैं, तिहारमा पनि थापाकै संरक्षणमा उर्लाबारीमा जुवाजन्य खेलहरु भएको स्रोतको दावी छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले जुवाडेहरुलाई नियन्त्रण लिएपछि उर्लाबारीमा केही समय जुवाजन्य खेलहरु बन्द भएपनि पछिल्लो समय उर्लाबारीमा पुनःजुवाजन्य खेलहरु भइरहेका छन् ।

यस्तै, निरीक्षक थापाले सवारी दुर्घटनाका घटनाहरुमा पनि रकम असुल्ने गरेको खुल्न आएको छ । केही महिनाअघि उर्लाबारीको राउण्ड अवाउटमा दुर्घटना भएको टाटा सुमोबाट रकम लिएका थिए । दुर्घटनाका कारण राउण्ड अवाउटको केही भाग भत्किएको छ । भत्किएको भाग निर्माण खर्च भन्दै प्रहरीले गाडी धनीबाट रकम बुझेका दिए । हालसम्म उक्त रकम निरीक्षक थापाले काँही नबुझाएको स्रोतले जनाएको छ ।

नेपाल प्रहरीले मातहातका निकायहरुलाई घुमुवा प्रहरी नराख्ने जनाएपनि उर्लाबारीमा यसको ठाडो उल्लंघन भइरहेको छ । निरीक्षक थापाले उर्लाबारीमा प्रहरी जवान राजु श्रेष्ठलाई घुमुवा राखेका थिए । घुमुवा भएर अवैधानिक कार्य गरेको आरोपमा श्रेष्ठ केही दिन जिल्ला तानिएपनि राजनीतिक पहुँचको भरमा उनी उर्लाबारीमै आएका थिए ।

गत सोमबार मात्रै घुमुवा श्रेष्ठलाई जिल्लामा तानिएको थियो । दमकका एमाले नेता इन्द्र भण्डारीमार्पmत श्रेष्ठ शुक्रबारबाट पुनः उर्लाबारीमा आएका छन् । राजनीतिक पहुँच र आडको फाइदा लिदै घुमुवा श्रेष्ठले उर्लाबारीका ट्याक्टर व्यवसायी, ट्रिपर व्यवसायी, ‘घन्टे लज’, जुवाजन्य खेलहरु, काठ ओसारपोसार लगायत अन्य ठेकेदारहरुबाट पैसा लिदै निरीक्षक थापालाई बुझाउने गरेको स्रोतले जनाएको छ ।
पछिल्लो समय इलाका प्रहरी कार्यालयमा भौतिक संरचनामा निर्माण गर्ने बहानामा निरीक्षक थापाले आफ्ना मातहातका प्रहरीलाई रकम असुल्न पठाएको एक प्रहरीले आफ्नो नाम नबताउने सर्तमा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर