खबर पूर्वाञ्चल
रेडियो सिम्रिकले आज पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारे जानकारी दिइएको हो ।
रेडियोका अध्यक्ष अमिर राईले सिम्रिक आर.जे. आइडल २०१८ को बारेमा विस्तृत विवरण प्रस्तुत गरेका थिए । फागुन ३ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने कार्यक्रममा बेष्ट प्रोग्राम प्रेजेन्टर, बेष्ट समाचारवाचक, बेष्ट प्रोग्राम प्रोड्युसर, बेष्ट मास्टर अफ सेरेमोनी र बेष्ट भोकल पर्फमेन्स गरी ५ विधालाई पुरस्कृत गरिनेछ ।
सवै विधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई ५ हजार नगद, प्रमाण–पत्र र ट्रफी प्रदान गरिने आयोजकका सचिव तुलसी ढकालले जानकारी दिए । आर.जे. आइडल २०१८ मा एक्सन डेभलपमेन्टका निर्देशक शिरोमणि दवाडीले सहजीकरण गर्नेछन् ।