AArya
RUMPUM
animated ellipse animated ellipse

छात्रा भलिबलको उपाधी बिश्वआदर्श कलेजलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ माघ २०७४, बिहीबार १८:५८
3
Shares
सुनसरी, १८माघ / हिसान स्पोर्टस मिट अन्र्तगत इटहरीमा आज सम्पन्न छात्रा भलिबलको उपाधी बिश्वआदर्श कलेजले जितेको छ ।

इटहरी स्थित क्षेत्रिय रंगशालामा सम्पन्न फाइनलमा कस्तुरी उच्च माबिलाई ३–० को सोझो सेटले पराजित गर्दै बिश्वआदर्शले उपाधी जितेको हो ।

बिश्वआदर्शले कस्तुरीलाइ २५–१८,२५–२१ र २५–२० को सोझो सेटले पराजित गरेको हो । प्रतियोगिताको बिधागत उत्कृष्टता तर्फ बिश्वआदर्शको बर्चश्व रह्यो । उत्कृष्ट खेलाडी सजना तामाङ, बेस्ट स्प्राइटर प्रमिसा केसी, बेस्ट सर्भिष प्रेक्षा कार्की, बेस्ट रेज जूनु थापा, अनुशासित खेलाडी पूजा श्रेष्ठ बिश्वआदर्शबाट घोषित भए ।

बेस्ट लिबो्रमा कस्तुरीका कञ्चन प्रधान घोषित भइन । प्रतियोगितामा सुनसरीका ८ उच्च माबि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर