RUMPUM
animated ellipse animated ellipse

‘गुणस्तरीयसँगै जीवन बदल्ने शिक्षा दिनुर्पछ’-सांसद विश्वास

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ माघ २०७४, बुधबार १६:२३
3
Shares
विराटनगर, १७ माघ / १ नम्बर प्रदेश सभा सांसद विजय विश्वासले आजको आवश्यकता भनेको गुणस्तरी शिक्षा भएको त्यससँगै जीवन बदल्ने शिक्षा दिनु पर्ने बताएका छन् ।

ग्रामथान गाउँपालिकाले आज मोरङको ग्रामथान – १ मा रहेको बेगनलाल आधरभूत विद्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद विश्वासले यस्तो बताएका हुन् । उनले अबको आवश्यकता भनेको संस्कारसहितको शिक्षा भएकोले विद्यार्थीलाई विद्यालयले संस्कारसहितको शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिए । उनले देशमा संघियता आइ कार्यन्वयनको चरणमा गइसकेको हुनाले अब शिक्षालाई पनि परिमार्जन गर्दै संस्कारसहितको शिक्षा प्रदान गर्नु पर्ने बताए ।

‘गुणस्तरीय शिक्षा प्रदान गरे मात्र अभिभावकको मन जित्न सकिन्छ,’ सांसद विश्वासले भने, ‘विद्यार्थीहरुको सिकाईमा अभिवृद्धी ल्याउनुप¥यो । आजको आवश्यता भनेको रोजगारमुखी शिक्षा हो । ‘आउँदा दिनमा सामुदायिक विद्यालयले त्यसतर्फ ध्यान दिदै जीवन बदल्ने शिक्षा दिनुपर्छ,’ सांसद विश्वासले भने । उनले अब निजी विद्यालयहरुसँग प्रतिस्पर्धा गर्न नसक्दा सामुदायिक विद्यालयहरु विलय हुने अवस्था सृजना हुने भएकोले विधि र प्रक्रिया अपनाएर भए पनि गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावको मन जित्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिक्षा विभागका निर्देशक केशव प्रसाद दाहालले सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण घटेको भन्दै उनले अभिभावको मन जित्ने खालको गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । ‘संस्कार भनेको जीवन बदल्ने पद्धति हो,’ उनले भने, ‘गुणस्तरीयसँगै संस्कारयुक्त शिक्षा प्रदान गर्नु पर्छ । ‘सामुदायिक विद्यालयका शिक्षकलाई आफैमा विश्वास नभर छोराछोरीलाई निजी स्कूलमा हाल्ने प्रवृद्धि बढेको छ,’ उनले भने, ‘यस्तो प्रवृद्धिको अन्त्य गरी शिक्षकको छोराछोरी सामुदायिकमै हालेर गुणतरीय शिक्षा प्रदान गरी अभिभावको मन जित्न काम सामुदायिक विद्यालयले गर्नुपर्छ ।’

स्रोतव्यक्ति बावुकाजी थापाले ग्रामथान गाउँपालिकामा रहेको विद्यालयहरुको प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विद्यालयलाई शान्ति क्षेत्र घोषणा र बन्द हड्ताल अन्त्य गरे मात्र शिक्षा क्षेत्रमा सुधार आउने बताए । उनका अनुसार ग्रामथान गाउँपालिकामा २७ वटा सामुदायिक विद्यालयमा ३ हजार ९ सय १४ जना विद्यार्थीहरु अध्ययरत रहेको बताए । जसमा २ हजार ३३ जना छात्रा र १ हजार ८ सय ८१ जना छात्र विद्यार्थीहरु अध्ययरत रहेको स्रोतव्यक्ति थापाको भनाई छ ।

प्रदेश सभाबाट निर्वाचित भएका सांसद, जनप्रतिनिधि, शिक्षा विभागको निर्देशक, उप–निर्देशक, स्रोत व्यक्तिले सामुदायिक विद्यालयका प्रधानध्यापकहरुको उपस्थीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर