खबर पूर्वाञ्चल
विकास राई पहिला देखिनै सुनेरा नेपाल भन्ने बैदेशिक रोजगार मेनपावरमा काठमार्डौमा काम गर्दै आएका हुन् ।
उनले धनकुटा आन्द्र्रुङ ६ हाल महालक्ष्मी नगरपालिका वडा नम्वर ७ अर्खौले जितपुर बस्ने तेजेन्द्र लुम्वालाई जापान पठाई दिने भन्दै ५ लाख रुपैयाँ ठगी गरी फरार भएका छन ।
विकास राईलेनै मोरङ केरावारी ७ बस्ने हर्क बहादुर ठाडा मगर लगाएयत ८ जनालाई ९ वर्ष पहिला बैदेशीक रोजगारीमा पठाईदिने भनेर भारतको दिल्ली पुगाएर अलपत्र पारेको भन्दै पटक पटक कारवाही माग गरेका थिए ।
आज बिराटनगरमा पीडित दुवै जनाले पत्रकार सम्मेलन गरेर आफुहरु ठगिएको कुराको जानकारी गराउदै विकास राईको खोजतलास गरी ठगि गर्ने सुनेरा मेनपावरलाई कारर्वाही गर्न माग गरेका छन् ।