पूर्वाञ्चल खबर
चलचित्रको आगामी फागुन ५ गते शनिवार विराटनगरको सिटी सिनेमामा च्यारेटी सो गर्न लागेको क्लवले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
विद्यार्थी र अन्य सहित तीनसय नागरिककालागि प्याड म्यानको सो गर्न लागिएको हो । च्यारेटी सो की संयोजक रुबी पौदारका अनुसार सरस्वती स्कुलका विद्यार्थी सहित घरेलु कामदार महिलाहरुलाई सो चलचित्र देखाइने छ ।
च्यारेटी सो पछि महिलाहरुलाई तीन महिनालाई पुग्नेगरी सेनेटरी प्याड पनि वितरण गरिने छ । ‘हाम्रो उदेश्य महिलाहरुले प्याडको प्रयोग गरुन भन्ने हो ।’ उनले भनिन ‘ चेतना अभावका कारण अझै धेरै महिला प्याडको प्रयोग गर्दैनन् ।’
च्यारेटी सोबाट संकलन भएको रकमबाट विराटनगर –५ मा रहेको श्री प्राथिक विद्यालयमा छात्रा शौचालय निर्माणकालागि खर्च गरिने क्लवकी उपाध्यक्ष श्रुति शर्माले जानकारी दिइन् ।