AArya
RUMPUM
animated ellipse animated ellipse

शुनिल शर्माको खर्च १९ लाख मात्र

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ माघ २०७४, सोमबार १०:२१
3
Shares
फाइल तस्वीर
विराटनगर ,१५ माघ /मोरङ क्षेत्र नम्बर ३ मा भानुभक्त ढकालसंग पराजित कांग्रेसका उम्मेदवार डाक्टर शुनिलकुमार शर्माले १९ लाख २३ हजार रुपैया खर्च गरेको रिपोर्ट पेस गरेका छन् ।

निर्वाचन ताका पटक पटक आचारसंहिता विपरित काम गरेको आरोप लागेका शर्माले १९ लाख २३ हजार रुपैयाको खर्च विवरण पेस गरेका हुन् ।

नोवेल मेडिकल कलेजका सञ्चालक समेत रहेका शर्माले अस्पतालबाट दैनिक निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । आचार संहिता विपरित शिविर गर्दा प्रहरीले हस्तक्षप पनि गरेका थिए ।

निर्वाचन कार्यालयमा शर्माले पुस ५ गते पेस गरेको खर्च विवरणमा सवारी साधन (तीनवटा जीप) सञ्चालनमा तीन लाख, ७५ हजारको डिजेल ,९५ हजारको झण्डा ब्यानर, ५५हजार सामान ढुवानी खर्च गरेको उल्लेख छ ।

त्यस्तै कार्यकर्ता परिचालनमा ७ लाख, सञ्चार माध्ययबाट प्रचार प्रसारमा ९५ हजार, मतदान केन्द्रमा (बुथ प्रतिनिधि परिचालनकालागि १ लाख ५० हजार खर्च गरेको प्रतिवेदन बुझाएका छन् ।

त्यस्तै कार्यक्रम सञ्चालनमा तीन लाख ५० हजार र अन्य शिर्षकमा एकलाख गरी शर्माले जम्मा १९ लाख २३ हजार रुपैया खर्च गरेको प्रतिवेदन बुझाएका हुन् । शर्मालाई पराजित गरेका एमाले नेता भानुभक्त आचार्यले १७ लाख ३७ हजार ८ सय ११ रुपैया चुनाव खर्च गरेको रिपोर्ट पेस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर