AArya
RUMPUM
animated ellipse animated ellipse

निर्वाचनमा जित्नेले भन्दा हार्नेको बढी खर्च

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ माघ २०७४, सोमबार १०:१४
3
Shares
विराटनगर ,१५ माघ /प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा जित्नेले भन्दा हार्नेले बढी खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका छन् ।

मंसिर २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभातर्फ जित्नेले भन्दा हार्ने उम्मेदवारले बढी खर्च गरेको विवरण पेस गरेका हुन् ।

मोरङ क्षेत्र नं ६ बाट एमालेका नेता लालबाबु पण्डित विजयी भएका छन् । पण्डितसँग पराजित कांग्रेसका डाक्टर शेखर कोइरालाले २२ लाख ८६ हजार चुनाव खर्च गरेको विवरण बुझाएका छन् । कोइरालाको खर्च विवरण लालबाबु पण्डितको भन्दा ९ लाख ६९ हजार ८ सय २२ रूपैयाँले बढी हो । क्षेत्रीय निर्वाचन कार्यालयमा पण्डितले १३ लाख १६ हजार १ सय ७८ रूपैयाँको खर्च विवरण बुझाएका थिए ।

हार्नेले बढी खर्च गर्ने अर्का उम्मेदवार हुन् कांग्रेसका अमृत अर्याल । संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादव र माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धा गरेका अर्यालले विजयी उम्मेदवारले भन्दा ४ लाख ८५ हजार ८ सय ३ रूपैयाँ बढी खर्च गरेका छन् ।

अर्यालले २१ लाख ३६ हजार ८ सय ३ रूपैयाँ खर्च गरेको विवरण बुझाएका छन् । क्षेत्र नं ५ बाट विजयी माओवादी केन्द्रका शिवकुमार मण्डलले १६ लाख ५१ हजार रूपैयाँ खर्च गरेको विवरण पेस गरेका छन् । त्यस्तै संघीय समाजवादीबाट उम्मेदवार बनेका राजकुमार यादवले १६ लाख ११ हजार रूपैयाँ खर्च गरेको जनाएका छन ।

त्यसैगरी मोरङ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बूले पनि विजयी उम्मेदवार घनश्याम खतिवडाको भन्दा २ लाख ३६ हजार ९ रूपैयाँ बढी खर्च गरेका छन् । लिम्बूले १२ लाख ७८ हजार रकम खर्च गरेका छन् भने खतिवडाले १० लाख ४१ हजार १ सय खर्च गरेको विवरण पेस गरेका छन् ।

त्यस्तै मोरङ क्षेत्र नम्बर ४ बाट कांग्रेसका उम्मेदवार महेश आचार्यले पनि माओवादी केन्द्रका अमनलाल मोदीको भन्दा २ लाख ८८ हजार २ सय ५० रकम बढी खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका छन् । क्षेत्र नम्बर ४ बाट विजयी भएका मोदीले १६ लाख ७० हजार रूपैयाँ खर्च गर्दा आचार्यले १९ लाख ५८ हजार २ सय ५० रूपैयाँ खर्च गरेका छन् ।

क्षेत्र नं ३ बाट विजयी एमालेका भानुभक्त ढकालले भन्दा पराजित भएका कांग्रेसका उम्मेदवार सुनिल शर्माले बढी खर्च गरेको विवरण पेस गरेका छन् । ढकालले १७ लाख ३७ हजार ८ सय ११ रकम चुनाव खर्च गरेको विवरण पेस गरेका छन् भने शर्माले १९ लाख २३ हजार खर्च गरेको विवरण पेस गरेका छन् ।

क्षेत्र नं २ बाट निर्वाचित कांग्रेस नेता डा मीनेन्द्र रिजालले २३ लाख ३७ हजार खर्च गरेको विवरण पेस गरेका छन् भने ऋषिकेश पोखरेलले १२ लाख ९६ हजार पा“चसय खर्च गरेको विवरण पेस गरेका छन् । उद्घोष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर