AArya
RUMPUM
animated ellipse animated ellipse

सन्दीप लामिछानेले रचे इतिहास, दिल्ली डेयरडेभिल्सले किन्यो भारु २० लाखमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ माघ २०७४, आईतवार १५:१८
3
Shares
फाइल तस्वीर
विराटनगर, १४ माघ । नेपाली यूवा लेग स्पीनर १७ वर्षीय सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) को ११औँ संस्करणका लागि दिल्ली डेयरडेभिल्सले किनेको छ ।

आईपीएल खेल्ने उनी पहिलो नेपाली क्रिकेटरुमेत बनेका छन् । सन्दीपलाई आइतबार भएको लीलामीमा दिल्ली डेयर डेभिल्सले २० लाख भारु (३२ लाख रुपैयाँ) मा किनेको हो । जारी आईपीएल लीलामीमा सन्दीप लामिछानेको नाम २ सय ७६ औँ नम्बरमा सूचीकृत रहेको थियो ।

सन्दीपलाई दिल्लीले वेस प्राइस २० लाख रुपैयाँ बोली लगाएको थियो । अन्य कुनै पनि टिमले मूल्यमा बढाबढ नगरेपछी उनलाई २० लाख भारतीय रुपैयाँमा दिल्ली खरिद गरेको हो । यसअघि सन्दीप पाकिस्तान सुपर लिग (पीएसएल) र बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि अक्सनबाट टिममा छनोट हुन असफल भएका थिए ।

दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्टलगायतका विश्वका उत्कृष्ट खेलाडि सामेल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर