AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेशमा आधा मन्त्री कटौती

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ माघ २०७४, शुक्रबार ०६:२७
3
Shares
काठमाडौं, १२ माघ / गठबन्धनले प्रदेशहरूमा संवैधानिक व्यवस्थाभन्दा आधा संख्यामा मात्रै मन्त्रीहरू बनाउने निर्णय गरेको छ। एमाले नेता सुवास नेम्बाङको संयोजकत्वमा गठित कार्यदलको बिहिबार बसेको बैठकले प्रदेशमा कुल सदस्य संख्याको १० प्रतिशत मात्रै मन्त्री बनाउने निर्णय गरेको हो।

संविधानको धारा १६८ को उपधारा ९ ले भने प्रदेशका कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्रिपरिषद गठन गर्न पाउने व्यवस्था गरेको छ। सात वटै प्रदेशमा ५५० सदस्य छन्।

संविधान अनुसार प्रदेशमा मात्रै ११० जनासम्म मन्त्री बन्ने व्यवस्था छ। ‘हामीले १० प्रतिशत नबढ्ने गरी प्रदेशमा मन्त्री बनाउने सहमति गरेका छौ,’ कार्यदल सदस्य एवम् एमाले नेता सुरेन्द्र पाण्डेले भने,‘राज्यलाई आर्थिक भार नपरोस् भनेर यस्तो सहमति गरेका हौ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा छपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर