AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा हुण्डी कारोबारीको जगजगी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ माघ २०७४, बिहीबार २०:०८
3
Shares
विराटनगर, ११ माघ/ मोरङ प्रहरीले विराटनगरबाट ३६ लाख नगदसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले यसअघि सेठिया ग्रुपलाई ८६ लाख नगदसहित पक्राउ गरेको थियो ।

अवैध कारोबार नियन्त्रणका लागि विशेष प्रहरी परिचालन गरेर अभियान चलाएको प्रहरीले आज विराटनगर–११ स्थित कनैया गुप्ताको घरबाट ४ जनालाई पक्राउ गरेको हो । कनैयाको घरमा सन्तोषकुमार रौनियारले आफ्नै कोठामा अफिस कार्यालय जस्तो बनाई अबैध रूपमा हुन्डीको कारोवार गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

पक्राउ पर्नेहरुमा विराटनगर–७ का १९ वर्षीय सुदर्शन साह, विराटनगर–११ का २४ वर्षीय निरन्जनकुमार साह, सोराभाग–८ घर भई हाल विराटनगर–६ का ४१ वर्षीय सन्तोषकुमार रौनियार र विराटनगर–१७ का २८ वर्षीय साकिब आलम रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ३६ लाख १८ हजार २ सय ५० रुपैयाँ नगद, भारतीय एयरटेल कम्पनीको सिम कार्ड १ थान र विभिन्न कागजातसमेत बरामद गरेको छ ।

पक्राउ परेको उनीहरुलाई सम्पत्ती शुद्धिकरण अन्तर्गत मुद्दा चल्ने मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए । मोरङ प्रहरीले गत असोज महिनायता हुण्डी कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरिसकेको छ । गत असोजमा प्रहरीले भाइबरबाट ठगी गर्ने, विराटनगरका भोला ठाकुर, बिशालकुमार रोय, बसन्तकुमार पासवान, अजय मण्डल र भारत देश अररिया हरिजन कलौनीका राजेशकुमार रामलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले ५६ हजार नगदसहित अन्य कागजपत्र बरामद गरेको थियो ।

यस्तै प्रहरीले गत मंसिर १ गते हुण्डी कारोबार गर्ने विरााटनगरको ठूलो गिरोह सार्वजनिक गरेको थियो । उक्त टोलीमा विराटनगरका व्यापारी अनुपचन्द्र सेठिया संलग्न थिए । सेठिया हाल कारागार चलान भएका छन् । उक्त समूहबाट प्रहरीले ८६ लाख नगद बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर