RUMPUM
animated ellipse animated ellipse

जहदामा एक हजारले पाए न्यानो कपडा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७४, बुधबार २०:०६
3
Shares
विराटनगर, १० माघ/ मोरङको जहदा गाउँपालिकाका अन्तर्गत विपन्न परिवारका एक हजार जनालाई न्यानो कपडा वितरण गरिएको छ ।

पूर्व मन्त्री एवं सांसद शिवकुमार मण्डलले जहदा गाउँपालिकामा रहेका आर्थिक विपन्न सामुदायका मानिसलाई न्यानो कपडा वितरण गरेको हो ।

भातृ सामुदायिक कल्याण समाज र एम.एम. सि ( मननाईट सेन्ट्रल) नेपालको सहयोगमा प्रदान गरिएको करीव सात लाख मूल्य वरावरको कपडा रहेको थियो । मोरङ क्षेत्र नं ५ वाट प्रतिनिधि सभामा विजयी भएका सांसद शिवकुमार मण्डलले कम्वल वितरण गर्दै यस क्षेत्रका जनतालाई आउँदा दिन रोजगारीमूलक कार्यक्रम सञ्चालन गरी आफ्ै सक्षम वनाउन लाग्नु पर्ने वताए । उनले जनतामा शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण तयार पार्दै तथा आधुनिक कृषि प्रणालीको विकास गरी जनताको जीवनस्तर उकास्ने बताए ।

मोरङ ५ का प्रदेश सभा सदस्य जयराज यादवले यस क्षेत्रमा रोजगारी मुलक कार्यक्रमको संचालन गरी जनतालाई समक्ष वनाउने आवश्यकक्तामा जोड दिए ।
जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलको सभापतित्वमा सम्पन्न उक्त कार्यकममा सोही गाउँ पालिकाका उपाध्यक्ष सालो साह, वडा नं २ र ३ का अध्यक्षहरु क्रमशः राजेश श्रेष्ठ, अनिल ठाकुर, र भातृ सामुदायिक कल्याण समाजका निर्देशक शेमलाल हेमरम, उपाध्यक्ष पिटर मोहन लिम्वु तथा गणेश साहले आगामी दिनमा शिक्षा लगायतका अन्य कार्यक्रम गर्ने वताए ।

कार्यक्रममा जहदा गाउँपालिकाका वडा नं २ र ३ का जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग र अति विपन्न परिवारका सन्थाल, मुसह, राजवंशी, मुस्लिम ,पहाडे , गनगाई, साह समुदायलाई उक्त कम्वल वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर