AArya
RUMPUM
animated ellipse animated ellipse

सय बर्षकी वृद्धाको सफल उपचार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७४, बुधबार ०६:१४
3
Shares
विराटनगर, १० माघ/ विराटनगरमा रहेको न्यूरो अस्पतालले सय बर्षकी वृद्धाको सफल उपचार गरेको छ ।

पक्षघातका कारण अस्पताल भर्ना भएकी बेलवारीकी एकसय बर्षिय वृद्धा फीबरानी राईको सफल उपचार गरेको हो । गत शनिवार अस्पताल भर्ना भएकी बेलवारी कुसुमगौडाकी राईलाई गम्भिर पक्षघात भएको थियो ।

अस्पतालले पक्षघातकी विरामी राईको सफल उपचार गरेको बरिष्ठ न्यरोलोजिष्ट डा. विरेन्द्रकुमार विष्टले जानकारी दिए । ‘अस्पताल आउँदा सरिरको आधा भाग चल्दैन थियो । बोली पनि बुझिदैन थियो ।’ डा. विष्टले भने ‘समयमै उपचार गर्न ल्याएका कारण सामान्य अवस्थामा ल्याउन सहज भयो ।’

डा. बिष्टका अनुसार पक्षघात(प्यारालाइसिस) भएको ३ देखि १० घण्टा भित्र विरामीले सही उपचार पाए सामान्य अवस्थामा फर्कन सक्छ । ‘पक्षघात भन्ने वितिकै निको नहुने रोग भन्ने गर्छन ’ विष्टले भने ‘ समयमा नै सहि उपचार पाउने हो भने जस्तो सुकै पक्षघात भएपनि रिकभर हुन्छ ।’

एकसय बर्षिय वृद्धाको अवस्थामा पनि त्यही भएको उनको भनाई छ । ‘तीन घण्टा भित्र उहाँहरुले अस्पताल ल्याउनु भएको थियो ।’ उनले भने ‘ चारदिन पछि घर जादै हुनुहुन्छ ।’

समयमा नै उपचार पाउँदा जस्तो पक्षघातको पनि उपचार गर्न सम्भाव रहेको इन्टरभेन्सनल न्यरोलोजिष्ट डा. समर्थ सिंहले बताए ।

एक सय बर्षको उमेरमापनि उपचार पाए प्यारालाइसिस ठिक हुन्छ भन्ने उदारण प्रस्तुत गरेको उनको भनाई छ ।
‘हाम्रो उदेश्य जुनसुकै उमेरमा समुहमा पक्षघात हुँदा समयम नै उपचार पाए निको हुन्छ भन्ने हो ।’ उनी भन्छन ‘ जनचेतना नभएका कारण मानिस उपचारकालागि आउदैनन् ।’

टाउको तथा मुटुको उपचार केन्द्रीत न्यूरो अस्पतालले हाडजोर्नी सम्बन्धी उपचारमा सामान्य हाड जोडने देखि जोर्नी प्रत्यारोपन सम्मको सेवा प्रदान गर्दै आएको अस्पतालको दावि छ । अस्पतालले नेपालमै पहिलो पटक इन्टरभेन्सनल न्यूरोलोजी सेवा समेत सुरु गरेको बरिष्ठ न्यूरालोजिष्ट डा. विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर