पूर्वाञ्चल खबर
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले प्रतियोगिताको उद्घाटन गरी हिसान स्पोर्ट्स मिट आजदेखि सुरु भएको हो ।
आज भएको क्रिकेट प्रतियोगिता विराटनगरमा रहेको कान्तिपुर कलेज विजयी भइ सेमिफाइलनमा प्रवेश गरेको छ । उसले अर्किक कलेजलाई ४ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन बनायो । १ सय ४ रनको विजयी लक्ष्य पाएको कान्तिपुरले १७ दशमलव २ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो । खेलको म्यान अफ द म्याच कान्तिपुरका अजय यादवले सार्वाधिक ४० रन बनाए ।
प्रतियोगिताको मंगलबारको पहिलो खेल लर्डबुद्ध र ग्रीनल्याण्ड कलेज तथा दोस्रो खेल अरनीको र मोर्डन एरा विच प्रतिस्पर्धा हुनेछ । क्रिकेट प्रतियोगितामा ११ वटा कलेजहरुको सहभागि रहेको छ ।
माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १ हजार ३ सय ८४ विद्यार्थी खेलाडि सहभागि हुने हिसान मोरङका अध्यक्ष बलराम पन्तले जानकारी दिए । प्रतियोगितामा क्रिकेट, भलिबल, फुटबल, टेवल टेनिस, दौड र बास्केटबलखेलहरु समावेश गरिएको छ ।