AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गुणस्तर नाप्ने उपकरण राख्न माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ माघ २०७४, आईतवार ०५:५५
3
Shares
विराटनगर÷विद्युतीय सामाग्रीहरूको गुणस्तर नाप्ने उपकरण (टेस्ट ल्याब) भन्सार कार्यालयमा राख्न विद्युतीय व्यवसायीले सरकारसँग माग राखेका छन् । विद्युतीय सामाग्री अति संवेदनशील हुने भएकोले गुणस्तर नाप्ने टेस्ट ल्याब राख्न सरकारसँग उनीहरूले माग राखेका हुन् ।

विराटनगरमा शनिबार भएको मोरङ इलेक्ट्रिक संघको आठौं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा बोल्दै अध्यक्ष गोपाल अग्रवालले विद्युतीय सामाग्री संवेदनशिल भएको हुनाले गुणस्तरीय सामाग्रीमात्र उपभोक्तालाई बिक्री गर्नुपर्ने बताए । ‘विद्युतीय सामग्री संवेदनशील हो,’ उनले भने, ‘हेलचेक्राई गुणस्तरहीन सामाग्रीले ज्यानै पनि जान सक्छ । त्यो भएको गुणस्तर नाप्ने टेस्ट ल्याब राख्नुपर्दछ ।’ सरकारले साना उद्योगलाई समेत प्रोत्साहन गर्ने निती ल्याउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाल विद्युतीय व्यवसायी महासंघको केन्द्रीय सचिव लक्ष्मीप्रसाद धितालले व्यवसायीले विद्युतीय सामाग्रीमा एक रूपमा ल्याउनुपर्ने बताए । पसलै पिच्छे विद्युतीय सामाग्रीको मूल्य फरक फरक हुँदा उपभोक्तामा गुनासो बढेको भन्दै मूल्यमा एकरूपता ल्याउनुपर्ने उनले जोड दिए ।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले विद्युतीय सामाग्री संवेदनशील हुने भएकाले गुणस्तरिय सामाग्री बिक्री वितरण गर्न आग्रह गरे । मोरङ इलेक्ट्रिक संघमा ८० जना आवद्ध रहेको संघले जनाएको छ । कार्यक्रममा विद्युतीय व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष तेज नारायण खरेल, मोरङका पूर्व अध्यक्ष मोहनप्रसाद न्यौपाने, प्राइम केवलका निर्देशक मुकेश कुमार, झापा विद्युतीय व्यवसायी महासंघको अध्यक्ष भक्ति पाठकलगायतले बोलेका थिए ।

आजको जनविद्रोह दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर