RUMPUM
animated ellipse animated ellipse

इटहरी प्रिमियर लिग क्रिकेटको सेमिफाइनल समिकरण पूरा, सेमिफाइनल आयोजक र बिराटनगर तथा नेपालगञ्ग र धनगढी भिड्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० पुष २०७४, आईतवार १८:०२
3
Shares
सुनसरी, ३० पुस / इटहरीमा जारी दोस्रो अण्डर १९ इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।सोमबार हुने सेमिफाइनलमा आयोजक इटहरी क्रिकेट एकेडेमी र बिराटनगर तथा धनगढी र नेपालगञ्ज भिड्ने भएका छन ।

आज सम्पन्न पहिलो खेलमा भैरहवासँग ३ रनले पराजित भएपनि रन रेटको आधारमा इटहरी सेमिफाइनमा प्रवेश गरेको हो । समुह क मा रहेको इटहरी समुह बिजेता र नेपालगंज उपबिजेता बन्दै बन्दै सेमिफाइनल प्रवेश गरेको हो । भैरहवा भने सो समुहबाट बाहिरिएको छ । यस्तै समुह ख बाट धनगढी बिजेता र बिराटनगर उपबिजेता बन्दै सेमिफाइनल पुगेको छ । यो समुहबाट काठमाण्डौ बाहिरिएको छ ।

आज भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित १७ ओभरको खेलमा १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै ७१ रन बनाएको थियो । जसमा बिक्रम बस्नेतले २१ रन बनाउँदा बिशाल खत्रीले १० रन बनाए । इटहरीका मनिष दाहालले ४ विकेट लिदा उज्वल श्रेष्ठ र भुपाल लुइटेलले २–२ विकेट लिए ।

७२ रनको बिजयी लक्ष्य पछ्याएको इटहरी पुरै ओभर खेल्दै ७ विकेटको क्षतीमा ६८ रनमा समेटिएको थियो । इटहरीका लागी आफिस शेखले १८ रन बनाउँदा बिवेक मेहेताले १५ र पवन सर्राफले ११ रन बनाए । भैरहवाका म्यान अफ द म्याच साहब आलमले ४ विकेट लिए ।

आइतबारै भएको दोस्रो खेलमा धनगढीले काठमाण्डौलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३ रनको योगफल खडा गरेको थियो । एक सय ४ रनको बिजयी लक्ष्य पछ्याएको धनगढीले १५ दशमलव ४ बलमा ७ विकेट गुमाउँदै भेट्टाएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार, सर्वोत्कृष्ट खेलाडीले ५ हजार नगद प्राप्त गर्नेछन । यस्तै खेलमा बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले क्रमशः ५–५ हजार नगद प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुनेले १५ सय रुपियाँ नगद प्राप्त गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर