पूर्वाञ्चल खबर
बालबालिका र यूवाहरुमा सेवा र ज्ञानको आत्मबिश्वास बृद्धी गराउन फागुन २४ देखि २६ सम्म धरानमा नेपाल स्काउटको ‘ बिपी ईन जेम’ स्काउट क्याम्प संचालन हुने भएको हो ।
दुई रात र तीन दिन सम्म संचालन हुने उक्त्त क्याम्पसमा पाँच सय बढी बालबालिकाहरु र यूवा उमेरका रोवोट र रेन्जर स्काउटररु सहभागी हुने अयोजक सदस्य बब्लुकुमार शाहले बताए ।
साहका अनुसार क्याम्पसमा स्काउटर सम्बन्धि बिभिन्न क्रियाकलापका साथै किशोर तथा यूवाहरुलाई ट्राफिक ज्ञान र सुचनाको हकबारे प्रशिक्षण पनि प्रदान गरिने छ ।
बिपी इन जेम एस्काउटर क्याम्प धरानमा दोस्रो पटक हुन लागेको हो । पहिलो पटक भएको क्याम्पमा दुई सय बढी स्काउटरहरु सहभागी भएका थिए ।