पूर्वाञ्चल खबर
साउदी अरबका महिलाले पहिलो पटक शुक्रबार फुटबल रंगशालामै पुगेर फुटबलको मज्जा लिएका छन् । यो सँगै साउदी महिलाले नयाँ इतिहास बनाएका छन् ।
साउदी अरबमा भएको प्रतियोगीतामा साउदी अरबका महिलाहहरु पहिलो पटक सहभागी जनाएर नयाँ इतिहास रचेका हुन् । यसअघि साउदी अरबमा रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न वा खेल्न महिलाहरुलाई प्रतिबन्ध गरिएको थियो ।
अव आफ्ना परिवारजनसँग फुटबल प्रयोगीता हेर्न वा र प्रयोगीतामा सहभागी हुन पनि सरकारले खुल्ला गरेको हो ।
हालै मात्र साउदी अरबको सरकारले किङ्ग अब्दुल्लाह स्पोटर्स सिटी रंगशालामा गएर खेल हेर्न महिलाहरुलाई पनि खुल्ला गरेको हो । रंगशालामा महिला दर्शकहरुका लागि छुट्टा छुट्टै प्रवेशद्वार, शौचालय, पार्किङस्थललगायतको व्यवस्था गरिएको छ । प्रतियोगितामा खाडी राष्ट्रका महिलाहरुले नयाँ स्वतन्त्रताको पहिलो पटक फाईदा उठाएका छन् । एजेन्सी