पूर्वाञ्चल खबर
डा. केसीलाई अदालतको अपहेलना मुद्दामा प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्रेर महानगरीय प्रहरी परिसर टेकु पुर्याएको छ ।
अदालतको आदेश आएको तीन घन्टापछि डा.केसीलाई अनसन स्थलबाटै प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पुर्जी थमाएपछि त्यसमा हस्ताक्षर गरेर डा केसी सजिलै प्रहरी कार्यालय जान तयार भए ।
उनलाई बा १ झ ७२६६ नम्बरको प्रहरीले अस्पतालको एम्बुलेन्समा राखेर प्रहरी कार्यालय लगिएको छ । डा.केसीलाई पक्राउ गर्न काठमाडौं परिसरका एसपी रामदत्त जोशीकोे कमाण्डमा ठूलो संख्यामा प्रहरी शिक्षण अस्पताल महाराजगञ्ज पुगेको थियो ।
आइओएमको डीन पुनर्वहाली सम्बन्धी मुद्दामा डा केसीले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै आज अदालतले उनलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।