AArya
RUMPUM
animated ellipse animated ellipse

७० जना बालबालिकाहरुलाई स्वीटर वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०७४, आईतवार १७:३५
3
Shares
उर्लाबारी, २३ पुस / मोरङको उर्लाबारी–८ स्थित बहादुर बाबा चौधरी आधारभूत विद्यालयका ७० जना बिद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ ।

सेतो गुँरास विराटनगरकी सीता सिग्देल र सामुदायिक विकास मञ्च उर्लाबारीले आज बिद्यालयमा पुगेर स्वीटर वितरण गरेका हुन् । सिग्देलले ब्यक्तिगत लगानीमा ४० वटा स्वीटर खरिद गरी बिद्यार्थीहरुलाई वितरण गरेकी हुन् भने मञ्चलाई सूर्य साकोसका अध्यक्ष तेजनाथ घिमिरे र उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणी पौडेलले ३० वटा स्वीटर सहयोग गरेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेश अधिकारीको प्रमुख आथितित्वमा भएको उक्त कार्यक्रममा उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणी पौडेल, सदस्य सचिन शाक्य, सेतो गुँरास विराटनगरकी सीता सिग्देल, उर्लाबारी वडा नं. ८ का वडा सदस्य लक्ष्मी ढुंगानालगायतले बोलेका थिए ।

मञ्चका अध्यक्ष ढुण्डीराज भट्टराईको सभापत्विमा भएको कार्यक्रम सचिब प्रेम बोहराले सञ्चालन गरेका थिए । जाडोले गरिब तथा विपन्न समूदायका विद्यार्थीहरुलाई समस्या सिर्जना गरेपछि सहयोगी मनहरुले यतिबेला सरकारी बिद्यालयमा स्वीटर वितरण कार्यक्रम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर