AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एभरेष्टको फुटबल सकियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०७४, आईतवार १७:१२
3
Shares
विराटनगर, २३ पुस विराटनगर ६ स्थित एभरेष्ट उच्च मा. विले चार दिवशिय फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।

कक्षा ३ देखि १० सम्मका १४ वटा टिम खेल अवधि भरी सहभागी भएका थिए । विधार्थीहरुको अतिरिक्त क्रियाकलापमा अभिरुची बढाउर्दै उनीहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि हरेक वर्ष विधालयले भव्य रुपमा प्रतियोगिता गर्ने गरेको प्रार्चाय टिकाराम पुरीले बताए । विधार्थीहरुको इन्टरहाउस प्रतियोगिताको रुपमा फुटबल आयोजना गरिएको खेलकुद शिक्षक नारायाण बुढाथोकीले जानकारी दिए ।

चार दिवशिय प्रतियोगिता आइतबार ९ र १० का विधार्थीहरुको इन्टरहाउस प्रतियोगिता गरेर सम्पन्न गरिएको छ । अवधि भरमा करिब १ सय ७५ जना विधार्थी खेलमा सहभागी भए । खेलमा सहभागी भइ विजयी हुने हाउसलाई मेडल समेत प्रदान गरिएको छ । मेची ,गण्डकीलगायतको नामबाट हाउस बनाई प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा आफना बाल बच्चाको प्रतिभा हेर्न अभिभावकहरु समेत मैदानमा आएका थिए । प्रतियोगिता विराट नसिङ होम छेउको खेल मैदानमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर