पूर्वाञ्चल खबर
यहाँ १५ वटा बोट संचालनमा छन् । सयौं चराचुरुङ्गी र हजारौं मानिसको आवागमनले यसबेला बर्जुक्षेत्र व्यस्त छ । विराटनगर बरगाछीदेखि केही पश्चिम रहेको पर्यटकिय क्षेत्र बर्जुताल पोखराको फेवाताल भन्दा कम देखिदैन् ।
जाडो सिजन लागेसँगै यहाँ वनभोज (पिकनिक) खान पुग्ने टोलीको कमि छैन । झट्ट हेर्दा ठूलै बजेट खर्च गर्नुपर्ने आवश्यकता रहेको यो क्षेत्रमा पर्याप्त भौतिक संरचनाको निर्माण आवश्यक देखिएको छ ।
बर्जुतालको संरक्षणमा खटिएका स्थानीयको मात्रै पहल र प्रयत्नमा यो क्षेत्रको गुणात्मक
विकास हुने छाँट देखिँदैन । स्थानीय, प्रदेश र केन्द्र सरकारकै संयुक्त कार्यक्रम बनाएर
बर्जुताललाई विकसित पर्यटकीय सिमसार क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता
दोखिएको छ ।
प्रचारप्रसारको अभाव रहेपनि स्थानीयको सामान्य पहलमा यहाँ रमाउन चाहने मानिसको घुइँचो लाग्न थालेको छ । पर्यटकीय गन्तव्यको रुपमा पूर्वकै गहना बन्नसक्ने सम्भावना रहेको बर्जुताललाई गत वर्ष नेपाली सेनाले रेखदेख गरेको थियो । ३ करोड ६३ लाख वजेटमा सेनाले ताल सफाई गर्ने, तालका चारै तर्फ वाँध निर्माण घेराबेरालगायतको काम सम्पन्न गरेको थियो । त्यसपछि पर्यटकको चहलपहल यस क्षेत्रमा बढेको हो ।
धार्मिक पौराणिक महत्वको बर्जुताल प्रदेश नम्वर एककै सबैभन्दा ठूलो जलाशय भएको ताल संरक्षण समितिका अध्यक्ष बालिम चौधरीको दाबी छ ।
स्थानीयको पहल र प्रयत्नले केही विकास हुन खोजेको बर्जुतालका लागि नीजिक्षेत्रको लगानी आवश्यक देखिएको छ । बर्जुताल यहाँका जनताका लागि मात्रै होइन नीजि क्षेत्र तथा अन्तराष्ट्रिय लगानीकर्ताले पनि चासो दिन थालेका छन् । यसअघि नेपालकै औद्योगिक घराना गोल्छा अर्गनाइजेसनले पनि लगानी गर्ने चासो देखाएको थियो । त्यसका अलावा चिनीयाँ नीजि कम्पनीले पनि त्यस क्षेत्रमा लगानी गर्ने इच्छा प्रकट गरेको स्थानीय बताउँछन् ।
बर्जुताल क्षेत्रमा भौतिक संरचना निर्माणका लागि विभिन्न सरकारी निकायबाट ८२ लाख रुपैयाँ रकम निकासा भइसकेको छ । हिन्दू धार्मिक ग्रन्थ महाभारतको काहानीसँग यो ताल जोडिएको स्थानीय बताउँछन् । विराट राजाको दरबार, गौशाला अनि चरन क्षेत्रसँगै वनवास गएका पाण्डवले बर्जुतालको पानी पिउँदा बेहोस भएको कथन छ ।
दैनिक सयौंको संख्यामा पर्यटक आउने गरेको यस क्षेत्रमा सार्वजनिक विदाका दिन पाँच सयभन्दा बढी आउने गरेको ताल संरक्षण समितिका अध्यक्ष चौधरीले बताउनु भयो । तालको अध्ययन र अनुसन्धानका लागि अस्ट्रोलिया,इङ्ल्याण्ड, अमेरिका, चीन र भारतबाट समेत पर्यटक आउने गरेका छन् । तालमा वाह्रै महिना जमिनमुनिबाट पानी उम्रिन्छ । बर्जुतालमा जलचर, थरचर प्राणीको वासस्थान छ । विभिन्न प्रजातिको चरा आउने गरेका छन् ।