RUMPUM
animated ellipse animated ellipse

राष्ट्रियसभाको निर्वाचन माघ २४ मा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ पुष २०७४, शुक्रबार १८:४१
3
Shares
काठमाडौं,२१ पुस /राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोकेको हो ।

आयोगको परामर्शमा निर्वाचनको मिति तोकेको हो । आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । तर एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए ।

५९ सदस्यीय राष्ट्रियसभाका ५६ जना (प्रत्येक प्रदेशबाट ८–८ जना) प्रदेशहरुबाट चुनिनेछन् । तीन जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् । यद्यपि मतभार भने फरक फरक हुनेछ ।

निर्वाचन आयोगले प्रत्येक प्रदेशमा मतदान गराउने तयारी गरेको छ । निर्वाचन एकल संक्रमणीय र बहुमतीय दुबै प्रक्रियाबाट हुनेछन् । खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीयबाट चुनिनेछन् भने दलित र अपाङ्ग तथा अल्पसंख्यक १४ जना बहुमतीयबाट चयन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर