पूर्वाञ्चल खबर
स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ गत पुस १६ गते देखि सुरु भएको खेलकुद पुस २१ गते सम्म सञ्चालन हुने भएको छ । खेलकुद अन्र्तगत व्याडमिन्टन, टेवल टेनिस भलिबल, सेकरेस,चेस, क्याराम्बोर्ड,म्यूजिकल चियर,स्पुन रेसलगायतका खेलहरु भईरहेको कलेजका सन्दिपदास श्रेष्ठले जानकारी दिए । कलेजले खेलकुदको जिम्मा विविए तेस्रो सेमिस्टरका विद्यार्थीहरुलाई दिएको छ ।
पढाईका अतिरित्त खेलकुदमा पनि वौद्धिकता प्रदान गराउने उदस्यले कलेजले विद्यार्थीहरुलाई जिम्मा दिने गरेको छ । खेलकुदमा विजयी भएका विद्यार्थीहरुलाई आगामी पुस २७ गते कलेजको बार्षिक उत्सवको अवसरमा पुरस्कार वितरण गरिने कलेजले जनाएको छ ।