RUMPUM
animated ellipse animated ellipse

देबेन्द्र तामाङलाई ५५ हजार सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०७४, बिहीबार १९:१६
3
Shares
उर्लाबारी,२० पुस / विजुलीको पाइप जडान गर्ने क्रममा तीन तल्ला घरबाट खसेर गम्भिर घाइते भएका मोरङको उर्लाबारी–६ का २५ बर्षीय देबेन्द्र तामाङको उपचारका लागि आज ५५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

उर्लाबारी वडा नं. १ बाट स्थानीय भक्तबहादुर कठायत, दिनेश गिरी र सिताराम तामाङले संकलन गरी ३५ हजार ४ सय ९५ रुपैयाँ तामाङका बुवा मानबहादुरलाई हस्तान्तरण गरेका हुन् । त्यस्तै, उर्लाबारी–६ घर भई हाल दुबईमा कार्यरत योगेन्द्र अधिकारीले १० हजार सहयोग गरेका छन् भने उर्लाबारी –७ का सुरेन्द्र राईले ६ हजार र बेलबारी घर भई साइप्रसमा कार्यरत चन्द्रा चोङबाङले ५ हजार रुपैयाँ सहयोग गरेका छन् । उक्त २१ हजार रुपैयाँ देबेन्द्र तामाङ बचाउ अभियानका संयोजक प्रभू राई र न्यानो अभियान उपाध्यक्ष सरोज बस्नेतले घाइतेका बुवा मानबहादुरलाई हस्तान्तरण गरेका छन् ।

नर्थ बेङ्गल न्यूरो हस्पिटल सिलगुडीमा तामाङको उपचार भइरहेको छ । एक साताअघि उर्लाबारी–७ स्थित प्रकाश चोङबाङको घरमा विजुलीको पाइप जडान गर्नेक्रममा लडेर गम्भिर घाइते बनेका तामाङको उपचारका लागि सहयोगीदाताहरुले सहयोग गरिहेका छन् । उनको जीवन रक्षाका लागि स्थानीय प्रभू राईको संयोजकत्वमा देबेन्द्र तामाङ बचाउ अभियान सञ्चालन गरी सहयोग जुटाउने काम भइरहेको छ । आर्थिक अवस्था ज्यादै नाजुक रहेका तामाङको उपचारमा समस्या भएपछि सहयोग संकलन थालिएको संयोजक राईले जानकारी दिए ।

तामाङका बुयोबृद्ध बुवा मानबहादुरले छोराको जीवन रक्षाका लागि सबैलाई सहयोगको अपिल गरेका छन् । करिब ६ लाख रुपैयाँ उपचारमा लाग्ने डाक्टरले बताएको पारिवारिक स्रोतले जनाएको छ । सहयोग तथा थप जानकारीका लागि ९८०१४०८८९९ मा सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर