AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शुद्धखानेपानी पिउनबाट महानगरबासी बञ्चित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०७४, बिहीबार १८:५४
3
Shares
विराटनगर/ नेपाल खानेपानी संस्थानको कार्यालय विराटनगरले वितरण गरेको पानीमा आइनयुक्त पानी धारामा आउने गरेको पाइएको छ ।

कार्यालयले वितरण गर्ने स्थानमा समयमै मर्मत सम्भार नगर्दा नगरबासीले आइनरयुक्त पानी पिउन बाध्य भएका हुन् ।

नगरबासीले संस्थानले वितरण गरेको पानीमा फोहर र आइरन मिसेर आएको जानकारी गराउँदा पनि अहिलेसम्म राम्रो पानी नआएको उपभोक्ताहरुको भनाई छ ।

संस्थानले वितरण गरेको पानी विराटनगर ११ र १२ नम्बर वडामा लामो समयदेखि धमिलो र आइनयुक्त पानी आउने गरेको छ । आइरनयुक्त पानी आउने गरेकाले शुद्ध तथा उचित पानी खानबाट वञ्चित भएको विराटनगर – ११ पिचराकी माया खड्काले बताइन् ।

यस वडामा संस्थानले वितरण गरेको धारामा फोहर पानी र आइरन आएको जानकारी खानेपानी संस्थानको कार्यालय जानकारी गराउँदा पनि अहिलेसम्म खुद्ध पानी नआएको उनीहरु बताउँछन् । ‘पानीको पैसाँ महिना पिच्छे बुझाउने गरेका छौं,’ खड्काले भनिन्, ‘संस्थानले वितरण गरेको पानीमा भने शुद्धता आएको छैन् । अहिलेसम्म धाराबाट आउने स्वच्छ पानी पिउन पाएका छैनम हेर्दा राम्रो देखिन्छ, उनले भनिन्, ‘जम्मा गरेको पानी विस्तारै धमिलो भइ फोहर देखिन थाल्छ ।’ सो पानीबाट लुगा धुँदा सेतो लुगा पनि रातो र खैरोे जस्तो हुने गरेको उपभोक्ताहरुको गुनासो छ ।

आइरन भएको पानीले भाँडावर्तन माझ्दा पनि रातो हुने र दाँत माझ्दा दाँत खराब हुने र नुहाउँदा कपाल फुल्ने जस्ता समस्याबाट स्थानीयवासी पीडित भएको उनीहरु बताउँछन् ।

यता नेपाल खानेपानी संस्थान कार्यालय विराटनगरका प्रमुख शैलेन्द्रकुमार शाहले पिचरामा रहेको बुस्टिङ्ग पम्प स्टेशनमा पानी छान्ने फिल्टर नभएको यस्तो समस्या आएको बताए । ‘केन्द्रीय कार्यालयमा पम्प स्टेशनहरुमा फिल्टर राख्नको लागि माग गरेका छौं,’ उनले भने, ‘बुस्टिङ्ग पम्प स्टेशनमा पानी छान्ने फिल्टर राखेकोपछि आइनयुक्त पानी आउने समस्याको समाधान हुन्छ ।’

विराटनगरको सडकको निमार्ण कार्यले गर्दा पनि केही क्षेत्रमा पानीमा समस्या आएको उनले बताए । सेवाग्रहीहरुलाई आग्रह गर्दै उनले भने, ‘पम्प स्टेनमा पानी छान्ने फिल्डर आउन केही समयम लाग्छ । केही समयको लागि घरमा फिल्टर प्रयोग गरी पानी पिउँदा समस्या हुँदैन ।’

विराटनगर क्षेत्रमा ४ वटा ट्याङकीबाट पानी वितरण हुने गरेको छ । १३ हजार उपभोक्ता रहेको नगर क्षेत्रमा देवकोटा चौक, तीनपैनी चोक, मुनाल पथ र रानी क्षेत्रबाट पानी वितरण हुने गरेको छ । सो वितरण केन्द्रहरुबाट दैनिक १ करोड २५ लाख पानी दैनिक रुपमा उत्पादन हुने गरेको खानेपानी संस्थानको कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर