पूर्वाञ्चल खबर
इनोभेटिभ घर नेपाल र युजआर्ट नेपालले ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’ अभियान अन्तरगत शुक्रवार र शनिवार आरोहण गुरुकुलमा नाटक मञ्चनसँगै प्राविधिक बस्तुहरुको प्रदर्शनी गर्न लागेको हो ।
अभियान अन्रतग आरोहण गुरुकुलको सुशिला कोइराला नाटकघरमा विकास जोशीले निर्देशन गरेको नाटक ‘मिरा मिराज’ मञ्चन गरिन छ । ‘मन्त्र च्यान्टिङ अफ टेक्नोलोजी’ अभियान अन्तरगत विराटनगर हाटखोलामा आयोजना गरिने कार्यक्रममा कला र प्रविधिको फ्यूजनको संभाव्यताको खोजि गरिने इनोभेटिभ घर नेपालका अध्यक्ष विक्रान्त कार्कीले जानकारी दिए ।
उनका अनुसार डिजिटल उत्पादन, इन्टरनेटसँग सम्बन्धित सामाग्री (आईओटी), कृत्रिम बौद्धिकता (एआई) र रोबोटीक कलाको विकास कसरी संभव हुन सक्छ भन्ने देखाउनका लागि कार्यक्रम आयोजना गरिएको हो ।