RUMPUM
animated ellipse animated ellipse

बिराटनगरबाट ठुलो परिमाणको लागूऔधसहित एक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ पुष २०७४, बुधबार १७:३४
3
Shares
विराटनगर, १९ पुस /मोरङको बिराटनगर महानगरपालिका १२ बखरीस्थित एक घरबाट प्रहरीले आज ठुलो परिमाणको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट सादा पोशाकमा खटिएको टोलीले बिराटनगर १७ बस्ने ३० बर्षिय बिनोद पञ्जियारलाई १३ सय एम्पुल टिडी जेसिकसहित आज दिउँसो पक्राउ गरेको हो ।

पञ्जियारले उक्त लागूऔषध भारतको जोगवनीबाट खरिद गरी नेपाल भित्र्याई बिराटनगर १२ स्थित ससुराली घरमा लुकाई राखेका थिए । प्रहरीले घरको कोठाको एक कुनाबाट कालो झोलामा सेतोटेपले बाधेर लुकाई राखेको अबस्थामा ठुलो परिमाणमा लागूऔषध फेला पारेको हो ।

बरामद लागूऔषधमा फेनारगन ४ सय ५० एम्पुल, डाईजेल्याब ५ सय ५० एम्पूल र नोफिन ३ सय एम्पुल रहेको लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर