RUMPUM
animated ellipse animated ellipse

सामुदायिक विकास मञ्चद्वारा विद्यार्थीलाई स्वीटर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ पुष २०७४, मंगलवार १५:३६
3
Shares
उर्लाबारी, १८ पुस । सामुदायिक विकास मञ्च उर्लाबारीले २५ जना बालबालिकाहरुलाई स्वीटर प्रदान गरेको छ ।

विपन्न समूदायका बालबालिकाहरुलाई जाडोको समयमा बिद्यालय आउन सहज होस् भन्ने हेतुले उर्लाबारी–१ स्थित नुनसरी आधारभूत बिाद्यालयमा आज स्वीटर वितरण गरिएको हो ।

उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणी पौडेल, वडा सदस्य सचिन शाक्य, विद्यालयका प्रधानाध्यापक ठमेश मोक्तान, मञ्चका अध्यक्ष ढुण्डीराज भट्टराई, कोषाध्यक्ष प्रभू राई र न्यानो अभियान नेपालका अध्यक्ष पूर्ण सिंगक लिम्बूलगायतले बालबालिकाहरुलाई स्वीटर हस्तान्तरण गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक मोक्तानले जाडोको समयमा विपन्न समूदायका बिद्यार्थीहरुलाई स्वीटर प्रदान गरेकोप्रति संस्थालाई धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि सकारात्मक सहयोगको अपेक्षा गरेको बताएका छन् । उर्लाबारी वडा नं. ६ का वडा सदस्य सचिन शाक्यले स्वीटर मञ्चलाई सहयोग गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर