खबर पूर्वाञ्चल
कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका धेरै छात्रछात्राहरुले राष्ट्रियढाका टोपी त कसैले भादगाउँले र कसैले पाल्पाली टोेपी लगाएर स्कूल आएका थिए । “हाम्रो नेपाली टोपी : हाम्रो गौरव, हाम्रो शान, हाम्रो पहिचान ” भन्ने नाराका साथ “नेपाली राष्ट्रिय ढाका टोपी” लगाएर विद्यार्थीहरुलाई ढाका टोपीको महशूस पनि गराइएको थियो । साथै, राष्ट्रिय टोपी तथा राष्ट्रिय पोशाकमा सझिएका विद्यार्थीहरुको निकालीएको ¥यालीले नजिकको पानिटैङ्की, तिनपैनीलगायतका स्थानहरुको परिक्रमा गरी पुन : स्कूलमा ल्याइ समापन गरीएको थियो ।
यस कार्यक्रमलाई झन् उच्च महिमा बनाउन सम्पूर्ण शिक्षक–शिक्षिकाहरु साथ–साथै स्कूलका प्रिन्सिपल मणिराज भट्टराई पनि राष्टिय पोशाखका साथै राष्ट्रिय टोपीलगाई विद्यार्थीहरुको ¥यालीमा अग्र पङ्तिमा सामेल भई यस दिवशलाई थप रोचक बनाएका थिए ।