पूर्वाञ्चल खबर
गरिबी निवारण गर्ने उदेश्यका साथ यूवा स्टर क्लब कटहरीले सडक नाटक मञ्चन गरेको हो ।
नाटकमा नाट्य कला प्रतिष्ठान बर्जु–१ सुनसरीको पनि सहभागिता रहेको छ । जसमा प्रतिष्ठानका कलाकारहरु जितेन्द्र सरदार, नन्दकिशोर मेहता, सृष्टि भण्डारी, सहभागी रहेका थिए ।
समाजका विपन्न समुदायका बालबालिकाले स्कूल पढ्न नपाएको व्याथालाई समेटेर नाटक मञ्चन गरिएको क्लवका अध्यक्ष रुपनारायण राजवंशीले बताए । कटहरी गाउँपालिकाको भौडाहा, नयाँ बजार, कदमगछियालगायत स्थानमा मञ्चन गरिएको थियो ।