AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बोकेदारीको “सुनको सिक्री” गितले मचायो तहल्का

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७४, बुधबार २२:१०
3
Shares
विराटनगर, १२ पुस / हास्य गितका सम्राट गायक श्रीकृष्ण लुइँटेल बोकेदारीको “सुनको सिक्री” बोलको गितले राम्रो चर्चा पाइरहेको छ । युटुबमा समेत यो गितलाई करीव साढे ७ लाख बढी पटक हेरिएको छ ।

२०१७ को सर्वाधिक कमेडी गीतका रुपमा सुनको सिक्रीले आफ्नो स्थान बनाईसकेको छ । साथै कमेडी हिट गीतका रुपमा समेत उच्च स्थान पाएकोे छ । पछिल्लो यो गितले वैदेशिक रोजगारलाई विकृतीलाई छलङ्ग पारेको कारणले दर्शक श्रोताको माया पाएको गायक लुइँटेलको भनाई छ । सोही कारणले अन्य गीतको तुलनामा आफ्नो गीतले उच्च चर्चा पाएको गायक लुइँलेट बताए ।

यो गितमा दर्शकले दिएको मायाले थप उत्साहित बनाएको प्रतिक्रिया गायक लुइटेलले दिए । मोफसलमै रहेर नेपाली संगितमा सक्रिय रहेका गायक लुइँटेल गाँउसमाजमा भएका हरेक विकृति विसंगतिलाई सरल शव्दमा उतारेर गीतको माध्यमबाट उजागर गर्न खप्पिस छन् । उनको यो गितलाई अझैपनि केहि मिडियाले छक्का पञ्जाको सार भनेर चित्रण गरेको प्रति भने उनको चित्त दुखाइ छ ।

श्रीकृष्ण लुईटेलको आफ्नै शब्द रहेको गीतमा उनलाई मनिषा पोख्रेलले स्वरमा साथ दिएकी छिन् । उनको गितको भिडियो निर्देशन भने युबराज वाईवाले गरेका छन् ।

‘ए बाउ किन्देउन भटभटे’ नामक चर्चित गीतबाट दर्शक तथा स्रोतामाझ लोकप्रियता हाँसिल गरेका श्रीकृष्ण लुइँटेका आयो बोके दारी ‘बाख्रा स्टाइल’, ‘डल्लेकी बैनी’, ‘ओ के छ त’, ‘नलगाउ छोटा छोटा कपडा’, ‘बाँके बर्दिया’ मुखैमा हान्दिउ जस्ता,े ल्वङ पिरो, साली कमला ‘कलियुगको धर्मलगायत दर्जनौँ गीत हिट भएका छन् ।,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर