AArya
RUMPUM
animated ellipse animated ellipse

गच्छदारको मत परिणाम बदरको माग गर्दै रिट दायर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ पुष २०७४, मंगलवार १९:३३
3
Shares
काठमाडौं, ११ पुस /सुनसरी ३ बाट निर्वाचित नेपाली कांग्रेसका विजयकुमार गच्छदारले धाँधली गरेर निर्वाचनमा जित हासिल गरेको दाबी सहित मतपरिणाम बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

सुनसरी ३ बाट नेकपा एमालेका तर्फबाट उमेदवार रहेकी भगवती चौधरीले निर्वाचन आयोग समेत ४ जनाविरुद्ध रिट निवेदन दिएकी छिन् ।

रिट निवेदनमा उजुरी पत्रको अन्तिम किनारा गर्न समय लाग्ने भएकाले सो समयसम्म संविधान कानुन र निर्वाचन सम्बन्धी सर्वमान्य सिद्धान्त समेतको प्रतिकुल हुने गरी भए गरिएको गैरकानुनी मतगणनाबाट निस्केको परिणामले प्रश्रय नपाउन भन्नका लागि विपक्षी गच्छदारलाई प्रतिनिधि सभाको सदस्यको सपथ ग्रहण नगराउनु, संघीय संसद्को पदधारण गरी कामकाज गर्न नदिनु भन्ने आदेश माग गरिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीका अनुसार उजुरीमा निर्वाचन परिणामको प्रक्रिया नमिलेका कारण पुनः मतगणनाको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर