पूर्वाञ्चल खबर
नर्सरीदेखी कक्षा ४ सम्म अध्ययन गर्ने ६ सय जना विद्यार्थीहरुको १ हजार हजुरबुवाहरुलाई उच्चमाविले सम्मान गरेको थियो । सम्मानित हुने हुजरवुवालाई दोसल्ला ओढाएर सम्मान गरिएको उच्च माविका प्राचार्य रमेश मिश्राले जानकारी दिए । सम्मानित हुने हजुरबुवाहरुलाई उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष सुरेश कुमार शर्मा, उच्च माविका प्राचार्य रमेश मिश्र, सञ्चालक समितिको सदस्य दवेन्द्र राजगठिया, डा. राजकुमार अग्रवाल र चिकित्सव नारयण कुमारले सम्मान गरेका थिए ।
सोही अवसर पारेर कक्षा नर्सरी देखी कक्षा ६ सम्मका विद्र्याीहरुले साँस्कृतिक नृत्य, गायनलगायतको विभिन्न मनोरञ्जनत्मक कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरुको प्रतिभाले अभिभावकहरु समेत खुदी देखिन्थे ।