RUMPUM
animated ellipse animated ellipse

इपिएल क्रिकेटमा पोखरा र विराटनगर विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ पुष २०७४, मंगलवार १८:२४
3
Shares
काठमाडौं, ४ पुस/एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पोखरा राइनोज र विराटनगर वारियर्स विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा पोखराले चितवन टाइगर्सलाई १० विकेटले पाराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चितवनले दिएको १ सय १४ रनको लक्ष्य पोखराले १७ दशमलव ४ बलमा विना विकेटको क्षतिमा भेट्टाएको थियो । पाकिस्तानी क्रिकेटर इज्राउल्लाले नटआउट ६१ रन बनाउँदा धमला ४६ रनमा अविजित रहे ।

यस अघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन बनायो । जस्मा दिपेन्द्र सिंंह ऐरीले ४२ रन र अनिल मण्डलले ३२ रनको योगदान दिए । चितवनको ४ विकेट लिएका पोखराका अलराण्डर खेलाडि इज्राउल्ला म्यान अफ दि म्याच बने ।

आजै भएको दोस्रो खेलमा विराटनगर वारियर्सले ललितपुर प्याट्रियट्समाथि ६ रनको रोमाञ्चक जित हात पारेको हो ।
नेपाली राष्ट्रिय टोलीका कप्तान र उपकप्तानले नेतृत्व गरेको टिमको भिडन्तमा कप्तान खड्काले बाजी मारे ।

टस हारेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । उसका लागि अनिलकुमार साहले ४७ रन बनाए भने कप्तान पारस खडकाले ३८ रन र बाबर हायातले ३४ रन जोडे । ललितपुरका सन्दिप लामिछानेले २ विकेट दिए ।

जवाफमा १ सय ५१ रनको लक्ष्य पछ्याएको ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो । ललितपुरलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरिरहेका थिए ।

तर, करण केसीको कसिलो बलिङ र बिराटनगरको चुस्त फिल्डिङका कारण कुसलले टोलीलाई जित दिलाउन सकेनन् । उद्यपि उनले अन्तिम बलमा छक्का हानेका थिए । ललितपुरका ओपनर पवन सरार्फले ४७ बलमा ५१ रनको अर्धशतकीय पारी खेल्दा योगेश नागरले २७ रन बटुले भने कुशल १९ रनमा अविजित रहेका थिए ।
विराटनगरका कप्तान खड्का, अंशुमान राथ, बसन्त रेग्मी र करण केसीले १–१ विकेट लिए । विराटनगरका अनिलकुमार शाह खेलको म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर