RUMPUM
animated ellipse animated ellipse

विराटनगरलाई राजधानी तोक्न माग राख्दै साँसद र मेयरको ज्ञापनपत्र

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ पुष २०७४, आईतवार १८:४४
3
Shares
विराटनगर, २ पुस / आवश्यक पूर्वाधारदेखि संरचनाहरुसमेत प्रयाप्त भएकोले प्रदेश नम्बर १ को राजधारी विराटनगर तोक्ने पर्ने माग मोरङबाट निर्वाचित साँसद तथा विराटनगरका मेयरले माग राखेका छन् ।

प्रदेश नं. १ को राजधानी विराटनगरमा हुनु पर्ने मागसहित साँसद तथा विराटनगर महानगरपालिको मेयर भीम पराजुलीले ज्ञापनपत्र बुझाएका हुन् ।

मेयर पराजुलीले प्रधानमन्त्री शेरबहादुर देवाउलाई भेटेर ज्ञापन पत्र बुझाए भने मोरङबाट निर्वाचित साँसदले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् ।

मोरङको क्षेत्र नम्बर ४ को २ बाट निर्वाचित साँसद जीवन घिमिरे, ५ को (२) बाट निर्वाचि साँसद जयराम यादव र ६ को (२) बाट निर्वाचित साँसद केदार कार्कीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाए ।

उनीहरुले १ नम्बर प्रदेशको राजधानी बन्न सक्ने आधार सहितको ११ बुद्धे ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा बुझाएका थिए ।

निर्वाचित साँसदले बुझाएको ज्ञापनत्रमा भविष्यमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रशस्त जमिन भएको र बृहत विराटनगरको अवधारणबाट अझ यसलाई विस्तार गर्न सकिने संभावना रहेको छ, ।

राजधानीको पूर्वाधार विस्तार गर्न जंगल फाँढ्नु नपर्ने र यसो गर्दा कुनै प्राकृतिक, ऐतिहासिक र धार्मिक स्थललाई प्रतिकूल असर नगर्ने, बहुसंख्यक जनतालाई सजिलो हुने नगर नै विराटनगर भएको लगायतको बुद्धाहरु उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर