AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा साइक्लोथन( साइकल र्याली) हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ पुष २०७४, शनिबार १८:०३
3
Shares
पुष्पराज थपलीया
विराटनगर, १ पुष / शिक्षाको लागि साइकल र्यारीको नारा दिएर रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा विराटनगरमा साइक्लोथन( साइकल र्याली) हुने भएको छ ।

आयोजकले विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । रोटरी क्लब अफ विराटनगर फ्युजनका अध्यक्ष सरद कावराले पुष ८ गते साइक्लोथन हुने जननकारी गराए । प्रतियोगितामा विराटनगर, इटहरी र धरानका गरि ५ सय साइक्लोथन र्यालीमा सहभागि हुने अध्यक्ष कावराले बताए । साइक्लोथनमा प्रथम हुनेलाई माउन्टेनबाइक साइकल दोस्रोलाई विराटनगर– काठमान्डौको दुइ तर्फीको टिकट र तेस्रोलाई मोवाइल सहित प्रमाणपत्र पाउँने छ ।

साइक्लोथन र्यालीमा सहभागिले विराटनगर महानगरपालीका भित्र १४ किलोमिटर दुरी पार गर्नु पर्ने आयोजकले जनाएको छ । साइक्लोथन र्यालीबाट उठेको रकम विराटनगर–१९ मा रहेको पञ्चकन्या निमाविलाई शैक्षिक सामाग्रि वितरण गर्ने अध्यक्ष कावराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर