AArya
RUMPUM
animated ellipse animated ellipse

लर्डबुद्ध सिंगिन स्टारको सेमिफाइनलमा १५ जना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७४, शुक्रबार १९:२७
3
Shares
सेमिफाइनलमा पुगेका प्रतियोगिहरु ।
विराटनगर, २९ मंसिर / लर्डबुद्ध सिंगीन स्टार सिजन थ्री को सेमिफाइनलमा १५ जना छनौट भएका छन् ।

विराटनगरमा रहेको लर्डबुद्ध बोर्डिङ स्कूलले विद्यार्थीहरुमा भएको प्रतिभा खोजी गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने विद्यर्थाीहरु सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

आज स्कूल परिसरमा भएको क्वाटफाइलनमा १ सय जना विद्यार्थीबाट १५ जना सेमिफाइनलको लागि छनौट गरिएको स्कूलका प्रिन्सिपल सि.एम. श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको निर्णायकहरुमा गायक सुमन श्रेष्ठ र विश्वजित चक्रवती रहेका थिए ।

प्रतियोगिता फाइनल आगामी पुसमा हुनेछ । प्रतियोगिताको बिजेता हुने विद्यार्थीहरुलाई आकर्षण ट्रफी तथा पुरस्कार वितरण गर्ने बताइएको छ । स्कूलले प्रत्येक वर्ष स्कूलमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्ने उद्देश्यले यस्तो प्रतियोगिता गर्ने गरेको स्कूलका प्रिन्सिपल श्रेष्ठको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर