पूर्वाञ्चल खबर
एग्रिकल्चरको प्रथम वर्षमा अध्ययरत विद्यार्थीले पुनः परिक्षाको माग राख्दै आज आन्दोलनमा उत्रिए ।
उनीहरुले विराटनगरको पुष्पलाल चोक स्थीत पूर्वाञ्चल विश्व विद्यालयको गेटमा दिन भरी नाराबाजी गर्दै धर्ना दिए ।
विद्यार्थीहरुले प्रश्न पत्र आउट भएको विषयको परिक्षा खारेज गरी पुनः हुनु पर्ने, पश्नपत्र आउट गर्नेलाई कारवाही गर्नु पर्ने, विद्यर्थाीलाई होस्टेलको व्यवस्था गर्नु पर्ने, विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई तत्काल कारबाही गर्नु पर्ने, एग्रिकल्चर हेर्ने छुट्टै डिन हुनु पर्ने लगायतको माग राख्दै आज दिनभरी नाराबाजी गर्दै पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए ।
पूर्वाञ्चल विश्वविद्यालयले बीएसी एग्रिकल्चर अनर्सको सेकेण्ड सेमिस्टरको परिक्षा बुधबारदेखि सुरु भएको थियो । उक्त संकायमा ४८ जना अध्ययरत विद्यार्थीले परिक्षा दिएका थिए ।
परिक्षा दिनुअघि नै प्रश्नपत्र आउट भएपछि आक्रोशित विद्यार्थाीहरुले मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयको कार्यालय बिहीबार विहाननै तोडफोड गरेका छन् ।