AArya
RUMPUM
animated ellipse animated ellipse

झापा र मोरङका उपमेयरलाई तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ मंसिर २०७४, बुधबार १५:२३
3
Shares
विराटनगर, २७ मंसिर / झापा र मोरङका उपमेयरहरुलाई स्थानीय तहको नीति निर्माण,योजना तर्जुमा ,लैङ्गिक समानता र सामाजिक समावेशीकरण बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको छ ।

जागरण नेपालको आयोजनामा आज विराटनगरमा भएको कार्यक्रममा झापा र मोरङका २१ जना उपमेयरहरु सहभागी रहेका थिए । सोमवार देखि तीन दिनसम्म चलेको कार्यक्रममा स्थानीय तहको नीति निर्माण ,सुचना र सामाजिक समाबेशीकरणका वारेमा जानकारी गराएको थियो ।
स्थानीय तहका नीतिनियम र सामाजिक समाबेशीकरण र सुचना लगायतका महत्वपूर्ण सिकाई भएको कार्यक्रममा सहभागी विराटनगर महानगरकी उपमेयर इन्दिरा कार्कीले वताईन ।

कार्यक्रमको सहजीकरण अधिबक्ता जगतवहादुर थापा,महिला बालबालिका कार्यालय विराटनगरकी प्रमूख दुर्गा बराल ,विराटनगर महानगरका सामाजिक महा शाखा प्रमूख राजेन्द्र प्रधान र सुचनाका क्षेत्रमा काम गर्दै आएका राजु श्रेष्ठले गरेको जागरण नेपालका क्षेत्रीय संयोजक प्रतिक्षा बस्नेतले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर