RUMPUM
animated ellipse animated ellipse

रोहित शर्माको कीर्तिमानी दोहोरो शतक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ मंसिर २०७४, बुधबार १४:५७
3
Shares
विराटनगर,२७ मंसिर / काम चलाउ भारतीय कप्तान रोहित शर्माले श्रीलंकाबिरुद्धको दोस्रो एकदिवशीय क्रिकेटमा कीर्तिमानी तेस्रो दोहोरो शतक प्रहार गरेका छन् ।

रोहित एकदिवशीय करिअरमा ३ दोहोरो शतक प्रहार गर्ने पहिलो क्रिकेटर बनेका छन् । एकदिवशीयमा रोहितले यसअघि २०१४ माश्रीलंकाविरुद्ध २ सय ६४ र २०१३ अष्ट्रेलियाबिरुद्ध २ सय ९ रनको इनिङ खेलेका थिए ।

रोहितले नियमित कप्तान बिराट कोहलीलाई आराम दिएपछी श्रीलंकाबिरुद्ध कप्तानी गर्ने मौका पाएका थिए । रोहितले १ सय ५३ बलमा १२ छक्का र १३ चौका प्रहार गरी २ सय ८ रन बनाएका थिए ।

रोहितको दोहारो सतककोे सहयोगमा भारतले श्रीलंकालाई ३ सय ९३ रनको विशाल लक्ष्य दिएको छ । भारतले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९२ रन बनाएको थियो ।

रोहित बाहेक अर्का ओपनर शिखर धवनले ६८ रन र यूवा ब्याट्सम्यान श्री अय्यरले ८८ रनको इनिङ खेलेका थिए ।

एशदिवशीय क्रिकेटमा १० हजार रनको कोशेढुंगाबाट केहि रनमात्र पछि रहेका पूर्व कप्तान महेन्द्र सिंह धोनीले यस खेलमा ७ रनमात्र बनाए भने इनिङको अन्तिम बलमा आउट हुनुअघि हार्दिक पण्ड्याले ८ रन जोडे ।

श्रीलंकाले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर